सुनको मूल्यमा सामान्य गिरावट

नेपाली बजारमा आज मङ्गलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर १ लाख ९० हजार ९ सय रुपैयाँमा पुगेको छ ।
यसअघि सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार १ सय रुपैयाँ थियो । लगातार उच्च मूल्यमा कारोबार भइरहे पनि आजको गिरावटले सुन खरिदकर्तालाई केही राहत मिल्ने देखिएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ९ सय ९५ रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको उतारचढाव र भन्सार दरजस्ता कारणहरूबाट प्रभावित हुने गर्दछ ।
तपाईको प्रतिक्रिया दिनुहोस