Techie IT
२०८२ जेष्ठ १६, शुक्रबार

नेप्सेमा हरियाली, कारोबार ८ अर्ब नाघ्यो


आज बुधबार देशको सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । नेप्से परिसूचक १७.४४ अंकले उकालो लाग्दै २६९३ अंकमा पुगेको छ । यससाथै, कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेको छ । अघिल्लो दिनको ६ अर्ब ५२ करोडको तुलनामा आज कारोबार रकम ८ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

बजारमा आज २:१० बजेपछि सुधारको लय सुरु भएको हो । यस वृद्धिमा बैंकिङ समूहको महत्वपूर्ण भूमिका रहेको छ । समग्र बजार सूचक ०.६१ प्रतिशतले बढ्दा बैंकिङ समूह १.८८ प्रतिशतले उक्लिएको हो ।

अन्य बढ्ने समूहमा विकास बैंक १.२९%, होटल तथा पर्यटन ०.८१%, हाइड्रोपावर ०.८९%, उत्पादन तथा प्रशोधन ०.६५%, फाइनान्स ०.१८% र लगानी समूह ०.०३% ले बढेका छन् । तर जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स र अन्य समूह भने क्रमशः ०.२४%, ०.२६%, ०.२६% र ०.०६% ले घटेका छन् ।

आज ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, ग्रिन डेभलपमेन्ट बैंक ९.८५%, भूगोल इनर्जी ९.१५% र अरुण काबेली पावरको मूल्य ५.८९% ले बढेको छ । 

बाराही हाइड्रोपावरको सेयर मूल्य ५.२६% ले घट्दै उच्च गिरावटमा परेको छ । त्यस्तै, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स ५.१०%, नेपाल माइक्रो इन्स्योरेन्स ४.०८% र दिव्यश्वरी हाइड्रोपावर ३.९१% ले घटेका छन् ।

रकमको आधारमा आज सबैभन्दा धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, राधि विद्युत्, युनिभर्सल पावर, बुटवल पावर र कुमारी बैंक परेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट