Techie IT
२०८२ चैत्र १९, बिहीबार

आन्तरिक द्वन्द्वबीच काठमाडौंले ल्यायो २५ अर्बको बजेट, उपमेयरले मागिन् माफी

महानगरको कुल बजेटमध्ये २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषबाट खर्च हुने अनुमान छ भने ६५ करोड रुपैयाँ बाह्य स्रोतबाट जुटाइने छ


काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तुत गरेकी थिइन् ।

महानगरको कुल बजेटमध्ये २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषबाट खर्च हुने अनुमान छ भने ६५ करोड रुपैयाँ बाह्य स्रोतबाट जुटाइने छ ।

बजेट सार्वजनिक गर्नुअघि मेयर बालेन्द्र शाह (बालेन) ले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यद्यपि, संवैधानिक प्रावधानअनुसार असार १० भित्र बजेट ल्याइसक्नुपर्ने भए पनि आन्तरिक विवादका कारण बजेट ढिलो भएको हो । सो विषयमा उपप्रमुख डंगोलले नगरसभाबाट माफी समेत मागिन् ।

महानगरको अर्को नगरसभा बैठक असार ३२ गते दिउँसो २ बजे बस्नेछ । सो बैठकमा चालु आर्थिक वर्ष ०८१/०८२ को प्रगति समीक्षा, नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रमसहित आर्थिक विधेयक–२०८२ र विनियोजन विधेयक–२०८२ माथि छलफल तथा पारित गर्ने तयारी गरिएको छ ।

नगरसभा सञ्चालन ऐन, २०७५ को दफा ६ को उपदफा ३ बमोजिम सोही बैठकमा आगामी निर्णय लिने तयारी गरिएको मेयर शाहले बैठकमा जानकारी दिएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट