झोनो अंक बढ्यो शेयर
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रि-ओपन सेसनमा सूचक झिनो अंकले बढेको छ। सेसनमा नेप्से सूचक ०.०२ अंकले वृद्धि भएको हो। यस अवधिमा १२ लाख ७७ हजार ३९२ रुपैयाँ बराबरको १ हजार ९७५ कित्ता शेयरको किनबेच भएको छ।
प्रि-ओपन सेसनमा ३० वटा कम्पनीको शेयर कारोबार भएको छ। तीमध्ये १२ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने १६ वटा कम्पनीको शेयर मूल्य घटेको छ। २ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। कारोबार अवधिमा ४३ पटक शेयर किनबेच भएका छन्, जसमा बजारले सामान्य तर सकारात्मक वृद्धि देखाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस