Techie IT
२०८२ श्रावण १०, शनिबार

पोखरा विश्वविद्यालयद्वारा स्नातक तहका लागि छात्रवृत्ति खुला, साउन ३० सम्म अनलाइन आवेदन गर्न सकिने


पोखरा विश्वविद्यालयले स्नातक तहका लागि विभिन्न संकाय अन्तर्गत छात्रवृत्तिको आवेदन खुला गरेको छ । 

शुक्रबार सूचना जारी गर्दै विश्वविद्यालयले विज्ञान तथा प्रविधि, व्यवस्थापन तथा मानविकी तथा सामाजिक शास्त्र संकायका लागि छात्रवृत्ति आवेदन खुला गरेको हो । छनोट भएका विद्यार्थीहरूलाई विश्वविद्यालयका आङ्गिक, संयुक्त आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ । विद्यार्थी छनोट पोखरा विश्वविद्यालय छात्रवृत्ति नियमावली, २०६५ अनुसार हुनेछ ।

छात्रवृत्तिका लागि आवेदन अनलाइनमार्फत पोखरा विश्वविद्यालय छात्रवृत्ति पोर्टल बाट दिन सकिनेछ। आवेदन शुक्रबार (साउन ९) देखि साउन ३० गते राति १२:०० बजेसम्म खुला हुनेछ।

परीक्षा तालिका:

विज्ञान तथा प्रविधि संकाय:

समूह (क): भदौ ६ गते बिहान ८:००–११:००

समूह (ख): भदौ ६ गते दिउँसो २:००–५:००

व्यवस्थापन संकाय:

परीक्षा मिति: भदौ ७ गते बिहान ८:०० बजेबाट

मानविकी तथा सामाजिक शास्त्र संकाय:

समूह (क), (ख), (ग): भदौ ७ गते दिउँसो २:०० बजेबाट

सवै परीक्षाहरू पोखरा विश्वविद्यालयको प्राज्ञिक कम्प्लेक्स, कास्की मा सञ्चालन हुनेछन् । विश्वविद्यालय छात्रवृत्ति छनौट समितिले समयमै आवेदन दिन र परीक्षा तालिका अनुरूप तयारी गर्न सम्पूर्ण इच्छुक विद्यार्थीलाई आग्रह गरेको छ।

छात्रवृत्तीको फर्म भर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् । 

https://scholarship.pu.edu.np/ 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट