Techie IT
२०८३ कार्तिक १०, सोमबार

ब्राजिलको निर्वाचनमा नयाँ तरङ्ग, नतिजा अस्वीकार गर्दै बोल्सोनारो अदालत जाने


ब्राजिलको राष्ट्रपतीय निर्वाचनको नतिजा सार्वजनिक भएसँगै राजनीतिक विवादले नयाँ रूप लिएको छ। वामपन्थी नेता लुइज इनासियो लूला दा सिल्भा ५१.७९ प्रतिशत मत प्राप्त गरी चौथोपटक राष्ट्रपतिमा निर्वाचित भएपछि पराजित उम्मेदवार फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गर्दै निर्वाचन रद्द गर्न माग गर्ने घोषणा गरेका छन्।

अन्तिम मतपरिणाम अनुसार लूलाले ६ करोड ४२ लाखभन्दा बढी मत पाउँदा बोल्सोनारोले ४८.२१ प्रतिशत (करिब ५ करोड ९८ लाख) मत प्राप्त गरेका छन्। करिब ४४ लाख मतान्तरले जित हासिल गरेका लूलाको नयाँ कार्यकाल सन् २०२७ जनवरी ५ देखि सुरु हुनेछ।

अदालतको निर्णय र मतदान समय थपेकोमा विवाद निर्वाचनको अन्तिम समयमा सर्वोच्च अदालतका न्यायाधीश क्रिस्टियानो जानिनले मतदानको अवधि दुई घण्टा थप्ने आदेश दिएका थिए। लूलाको चुनावी अभियान टोलीले विभिन्न सहरहरूमा सार्वजनिक यातायात सीमित भएका कारण मतदाताहरू मतदान केन्द्रसम्म पुग्न नसकेको भन्दै निवेदन दिएपछि सो निर्णय भएको थियो।

उक्त निर्णयलाई आधार बनाउँदै दक्षिणपन्थी नेता बोल्सोनारोले मतदानकै बीचमा नियम परिवर्तन गरिएको आरोप लगाएका छन्। राजधानी ब्राजिलियामा समर्थकरूलाई सम्बोधन गर्दै उनले अदालतको निर्णय अनुचित र असंवैधानिक भएको ठहर गर्दै नतिजा रद्द गर्न कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएका हुन्।

भविष्यको राजनीतिक परिदृश्य सर्वोच्च अदालतको निर्णयले अन्तिम नतिजामा प्रत्यक्ष असर पारेको थियो वा थिएन भन्ने विषयमा अब कानुनी सुनुवाइबाट निर्णय हुनेछ। अर्कोतर्फ, जितपछि लूलाले ब्राजिलका सम्पूर्ण नागरिकका लागि समावेशी रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। निर्वाचन परिणामलाई लिएर बढेको विवाद र अदालतमा हुने सम्भावित कानुनी लडाइँले आगामी दिनमा ब्राजिलको राजनीतिलाई थप तरङ्गित बनाउने देखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट