Techie IT
२०८३ कार्तिक १०, सोमबार

एनपीएल महासंग्राम आजबाट, प्रधानमन्त्री शाहले उद्घाटन गर्ने


आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज साँझ ५ बजेबाट एनपीएलका रोमाञ्चक खेलहरू सुरु हुँदैछन्। खेलको पूर्वसन्ध्यामा प्रधानमन्त्री शाहले नेपाली क्रिकेट टिम र प्रतियोगिता सफलताको लागि शुभकामनासमेत व्यक्त गरेका छन्।

करिब एक महिनासम्म सञ्चालन हुने यस प्रतियोगितालाई भव्य र सभ्य बनाउन आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक व्यापक सुधार र परिवर्तन गरेको छ।

नेपाली घरेलु क्रिकेटको इतिहासमा पहिलो पटक यस प्रतियोगितामा डीआरएस (DRS) प्रणाली लागू गरिएको छ। यसका साथै, विश्वचर्चित विदेशी स्टार खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र उच्च स्तरको बनाएको छ। प्रतियोगितामा कुल आठ वटा फ्रेन्चाइज टोलीहरू उपाधिका लागि भिड्दै छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट