Techie IT
२०८३ भाद्र ९, मंगलबार

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक


राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक अर्थात् ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले मङ्गलवार एक सूचना जारी गर्दै नतिजा प्रकाशन भएको जानकारी दिएको हो।

बोर्डका सदस्य सचिव जङ्गबहादुर अर्यालका अनुसार गत असार १ गतेदेखि ७ गतेसम्म सञ्चालन भएको पूरक परीक्षाको नतिजा सार्वजनिक गरिएको हो। यसअघि नियमित परीक्षाको नतिजामा 'नन ग्रेडिङ' (एनजी) मा परेका विद्यार्थीहरूका लागि बोर्डले ग्रेडवृद्धिको अवसर प्रदान गर्दै पूरक परीक्षा सञ्चालन गरेको थियो।

उक्त पूरक परीक्षामा देशभरबाट कुल १ लाख ४६ हजार ५०७ जना परीक्षार्थीहरू सहभागी भएका थिए। बोर्डले नतिजा सहजै हेर्नका लागि विभिन्न सरकारी वेबसाइट तथा एघार वटा आधिकारिक संस्थाका सर्टकोड (SMS) मार्फत व्यवस्था मिलाएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट