कसरी डिजिटल क्रान्तिले लुलाको पक्षमा पल्टियो पासा ?
ब्राजिलका ८० वर्षीय वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाले आफ्ना ४५ वर्षीय दक्षिणपन्थी प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै चौथो पटक ब्राजिलको राष्ट्रपतिमा ऐतिहासिक पुनरागमन गरेका छन्। १०० प्रतिशत मत गणना हुँदा लुलाले ५१.७९ प्रतिशत (करिब ६ करोड ४० लाख) मत प्राप्त गरे भने बोल्सोनारोले ४८.२१ प्रतिशत (करिब ६ करोड) मत ल्याए। पहिलो चरणको निर्वाचनमा अप्रत्याशित रूपमा पछाडि परेका लुलाले करिब ४४ लाख बढी मतको अन्तर बनाउँदै मात्र तीन साताको अवधिमा चुनावी नतिजालाई पूर्ण रूपमा आफ्नो पक्षमा ढालेका हुन्।
'लुलाज आर्मी' र ह्वाट्सएपमार्फत ऐतिहासिक डिजिटल परिचालन
यो नाटकीय पुनरागमनको मुख्य श्रेय सांसद आन्द्रे जानोनेसको नेतृत्वमा सञ्चालित ह्वाट्सएप च्यानल ‘लुलाज आर्मी’ (Lula’s Army) लाई दिइएको छ। छोटो समयमै १ करोड ८ लाख फलोअर्स जोडेको यस च्यानलले वर्षौँदेखि ब्राजिलको दक्षिणपन्थी खेमाले ह्वाट्सएप र टेलिग्राममा कायम राखेको प्रभुत्वलाई तोडेको थियो।
जानोनेसले ‘अहिल्यै नसुत्नुहोस्’ र ‘मिसन पूरा नभएसम्म खाना छैन’ जस्ता २४ सै घण्टा दिइने कडा निर्देशन, प्रतिलिपि तयार गरिएका सामग्री तथा चुनावको अघिल्लो दिन चलाइएको २४ घण्टे ‘टर्नअराउन्ड लाइभस्ट्रिम’मार्फत समर्थकहरूको मनोबल उच्च राखेका थिए।
पहिलो चरणमा २१.०८ प्रतिशत रहेको मतदाता अनुपस्थितिको दर (Abstention rate) दोस्रो चरणमा घटेर १९.२१ प्रतिशतमा झरेको थियो। दोस्रो चरणमा थपिएका करिब १ करोड ४१ लाख नयाँ/तटस्थ मतदाताहरूमध्ये तीन-चौथाइ मत लुलाको पक्षमा खसेको राजनीतिक विश्लेषकहरूको आकलन छ।
रियो दि जेनेरियो र साओ पाउलोका सडकमा चुनावअघि १० लाखभन्दा बढी समर्थकहरू मैदानमा उत्रिएका थिए। विश्लेषकहरूका अनुसार अनलाइन ह्यासट्याग र भिडियो अभियानलाई घरदैलो तथा सडकस्तरको भौतिक परिचालनसँग प्रभावकारी रूपमा जोड्नु नै लुलाको सफलताको मुख्य आधार बन्यो।
आफ्नो विजयी सम्बोधनमा लुलाले जानोनेसलाई ‘हाम्रा जनरल’ भन्दै प्रशंसा गरे भने आगामी सन् २०२७ जनवरी ५ देखि सुरु हुने आफ्नो चौथो कार्यकालमा डिजिटल संवाद र प्रत्यक्ष जनसहभागितालाई शासन सञ्चालनको प्रमुख प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन ।
-BBC, TOI Inputs



तपाईको प्रतिक्रिया दिनुहोस