बुधबार र बिहीबार भारी वर्षाको उच्च सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल हिमाली तथा पहाडी भूभागमा आंशिक बदली (बादल) लागेको छ भने तराईका भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। त्यसैगरी, आज राति देशभर आंशिक बादल लाग्ने महाशाखाले पूर्वानुमान गरेको छ।
महाशाखाका अनुसार आगामी बुधबार र बिहीबार देशका धेरै क्षेत्रमा मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपात हुन सक्नेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
मौसममा आउने यो परिवर्तनसँगै सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस