नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा
नेपाल शिक्षक महासंघले आफ्ना मागहरूको सुनुवाइ नभएको भन्दै आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। महासंघको राष्ट्रिय परिषद्को बैठकले सरकारलाई दबाब दिन चरणबद्ध आन्दोलनमा जाने निर्णय गरेको हो।
महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार आन्दोलनका थप कार्यक्रम र मिति तय गर्न छिट्टै विस्तारित कार्यालय बैठक बोलाइएको छ। नयाँ शिक्षा ऐन अविलम्ब जारी हुनुपर्ने र शिक्षा नियमावलीको १०औँ संशोधनमा रहेका शिक्षक हितविपरीतका प्रावधानहरू हामीलाई स्वीकार्य नभएको महासचिव थापाले बताएका छन् ।
प्रमुख मागहरू
- नयाँ शिक्षा ऐनको तत्काल कार्यान्वयन गर्नुपर्ने ।
- शिक्षा नियमावलीको १०औँ संशोधनमा गरिएका आपत्तिजनक प्रावधान खारेजी हुनुपर्ने ।
- शिक्षक सरुवा प्रणालीमा सुधार गर्नुपर्ने ।
- विद्यालय कर्मचारी, प्रारम्भिक बालविकास (ECED) शिक्षक र अस्थायी शिक्षकहरूको उचित व्यवस्थापन हुनुपर्ने ।
महासंघले आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस