Techie IT
२०८३ असोज ६, मंगलबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक


राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ।

बोर्डका अनुसार परीक्षामा कुल ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये सबै विषयमा ग्रेड प्राप्त गरी ५७ हजार ८९७ जना परीक्षार्थी उत्तीर्ण भएका छन्, जुन कुल सहभागी संख्याको ८१.१९ प्रतिशत हो। यस्तै, परीक्षाको नियम विपरीत वा अन्य कारणले ३ जना परीक्षार्थीको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ।

परीक्षाफलमा प्राविधिक कारणले कुनै त्रुटि देखिएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखबाट सच्याइने व्यवस्था गरिएको छ। विद्यार्थीहरूले बोर्डको आधिकारिक वेबसाइट, एसएमएस तथा आइभीआर (IVR) सर्भिसमार्फत आफ्नो नतिजा सहज रूपमा हेर्न सक्नेछन्। राष्ट्रिय परीक्षा बोर्डले गत साउन २ र ३ गते उक्त मौका परीक्षा सञ्चालन गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट