Techie IT
२०८२ मंसिर २४, बुधबार

पोखरामा नेपाल प्रहरीको नयाँ पेट्रोल पम्प सञ्चालन


नेपाल प्रहरीले पोखरामा नयाँ पेट्रोल पम्प निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ। प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाको पहलमा निर्माण गरिएको यो पम्प मंगलबारदेखि सर्वसाधारणका लागि खुला गरिएको हो।

अघिल्लो वर्ष असार २० गते सम्झौता भएर सुरु गरिएको पम्पको निर्माण कार्य एनसी/अल्फा-हेक्स/तेजस्वी जेभीले एक वर्षभित्र सम्पन्न गरी नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो। प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश सापकोटाका अनुसार, निर्माणका लागि ९ करोड ९६ लाख रुपैयाँको लागतमा सम्झौता भएको थियो।

प्रारम्भमा, यो क्षेत्रमा उच्च सरकारी कार्यालय र मन्त्रालयहरू रहेको कारण पम्प निर्माणको विरोध भएको थियो। नागरिक अगुवाहरूले विरोध गर्दै उच्च अदालतमा रिट समेत दायर गरेका थिए। तर दुवै पक्षबीच छलफल भएपछि, गत पुसमा तत्कालीन मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश उमेश कोइरालाको संयुक्त इजलासले उक्त रिट खारेज गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट