Techie IT
२०८३ असोज २४, शनिबार

बैंकहरूमा नयाँ नोट पाउनै मुस्किल, सेवाग्राही रित्तो हात फर्किन बाध्य


दसैँका लागि नयाँ नोट साट्न बैंक पुगेका सर्वसाधारणले सहजै नोट नपाएको भन्दै आक्रोश र गुनासो पोखेका छन्। सरकारी सूचनाअनुसार जुनसुकै बैंकबाट नयाँ नोट साट्न सकिने भनिए पनि व्यवहारमा भने सेवाग्राहीले निकै सास्ती भोग्नुपरेको छ।

आफ्नो खाता रहेको नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंकका साथै नजिकका केही निजी बैंकका शाखामा पुग्दा फर्काइएको सेवाग्राहीहरू बताउँछन्। कतै नयाँ नोट आएकै छैन त कतै सीमित रकम सकियो भन्दै र कतै निश्चित मिति तोकेर सेवाग्राहीलाई रित्तो हात फर्काउने गरिएको छ।

यता, नेपाल राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयमा भने नयाँ नोट साट्ने प्रक्रिया निकै छरितो र सहज पाइएको छ। विशेष गरी ज्येष्ठ नागरिकलाई समेत लाइनमा नबसी सजिलै नोट साट्ने व्यवस्था मिलाइएको छ।

अन्य वाणिज्य बैंकका शाखाहरूमा सास्ती खेप्नुपरेको अवस्थामा राष्ट्र बैंकले देखाएको यो चुस्त र प्रभावकारी व्यवस्थापनको सर्वसाधारणले प्रशंसा गरेका छन्। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट