Techie IT
२०८३ असोज २४, शनिबार

मोटरसाइकलको ठक्करबाट दैलेखका थापाको मृत्यु


सुर्खेतमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक पैदलयात्रीको थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ। दुर्घटनामा मृतककी श्रीमती र मोटरसाइकल चालक घाइते भएका छन्।

मृत्यु हुनेमा दैलेखको भैरवी गाउँपालिका स्थायी घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदे बस्दै आएका ३७ वर्षीय विवेक थापा रहेका छन्। प्रहरीका अनुसार शुक्रबार राति पौने १० बजेतिर उपचारका लागि लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो।

दुर्घटनामा मृतक थापाकी २९ वर्षीया श्रीमती सुनिता थापा र मोटरसाइकल चालक वीरेन्द्रनगर–१० का २२ वर्षीय दिपेश चौधरी घाइते भएका छन्। सुनिताको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ भने चौधरीको अनुहारमा चोट लागेको छ। दुवै घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

शुक्रबार साँझ करिब ७ बजे वीरेन्द्रनगर–१० स्थित घुस्रा रोडमा घुस्राबाट तीनकुने चोकतर्फ जाँदै गरेको लु ७२ प २००९ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका थापा दम्पतीलाई ठक्कर दिएको थियो।

दुर्घटनापछि घाइते तीनै जनालाई प्रहरीले उद्धार गरी कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्‍याएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि राति करिब ९ बजे नेपालगन्ज रिफर गरिए पनि विवेकको बाटोमै ज्यान गएको हो। उनको शव पुनः कर्णाली प्रदेश अस्पतालमा राखिएको छ भने घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट