Techie IT
२०८३ भाद्र ९, मंगलबार

गण्डकीमा जनस्वास्थ्य विधेयक सर्वसम्मत पारित


गण्डकी प्रदेशसभाको मङ्गलबार बसेको बैठकले ‘जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत रूपमा पारित गरेको छ।

विसं २०८१ चैत २२ गते दफावार छलफलका लागि सामाजिक विकास तथा कृषि समितिमा पठाइएको उक्त विधेयक प्रतिवेदनसहित पुनः प्रदेशसभामा पेश गरिएको थियो। दफाबार छलफलपछि विधेयक पारित भएको स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले जानकारी दिएका छन् । त्यसअघि उनले विधेयक पारितका लागि प्रस्ताव पेश गरेका थिए।

विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्यहरू दिलमाया पौवी, कुसुम बुढा पुन, देवका पहाडी त्रिपाठीलगायतले भाग लिएका थिए।

बैठकमा मुख्यमन्त्री सुरेन्द्र पाण्डेले समय अभावका कारण चालु हिउँदे अधिवेशनमा नयाँ विधेयक ल्याउन नसकिएको बताए। उनले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र मितव्ययितामा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। साथै, प्रदेशको अधिकार स्थापित गर्न सबै पक्षबीच एकता आवश्यक रहेको उनले जोड दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट