Techie IT
२०८३ कार्तिक ४, मंगलबार

ज्यान जोखिममा परेकी गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार


बाढीका कारण बाटो अवरुद्ध भई उपचार पाउन नसकेकी गोरखा धार्चे गाउँपालिका–३, उहियाकी २१ वर्षीया गर्भवती सुस्मि घलेको नेपाल रेडक्रस सोसाइटीले हेलिकोप्टरमार्फत उद्धार गरेको छ।

राहत वितरणका लागि सो क्षेत्रमा पुगेको नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाको टोलीलाई स्थानीयले खबर गरेपछि घलेलाई उद्धार गरी श्रीमान् र एक आफन्तका साथ गोरखा सदरमुकामस्थित प्रदेश अस्पताल पुर्‍याइएको हो।

रेडक्रस गोरखा शाखाका सभापति भीमसेनकाजी बानियाँका अनुसार असोज ३१ गते जगतमा राहत वितरण गर्न पुगेको टोलीले घर फर्कन नसकी अलपत्र परेका दुई भेडा गोठालालाई पनि हेलिकोप्टरमार्फत उद्धार गरेको थियो। त्यस्तै, बाटो अवरुद्ध हुँदा अस्पताल लैजान नपाई निधन भएकी ३५ वर्षीया धानी गुरुङकी बहिनी गोमा घलेलाई पनि रेडक्रसले उद्धार गरेको छ।

बुढीगण्डकी नदीमा आएको बाढीले सडक, घर तथा विद्युत् संरचनामा क्षति पुर्‍याउँदा त्यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ। सडक सञ्जाल विच्छेद हुँदा स्थानीयवासीले उपचार र आवतजावतमा गम्भीर सास्ती भोग्न बाध्य छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट