Techie IT
२०८२ जेष्ठ २९, बिहीबार

स्वास्थ्य सेवामा बीमा अनिवार्य गर्दैछौंः मन्त्री पौडेल


स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमजनताले लोकतन्त्रको अनुभूति गर्नेगरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन आफू क्रियाशील रहेको बताएका छन् ।

अठारौँ गणतन्त्र दिवसका सन्दर्भमा मोरङको गणेशमानसिंह फाउण्डेशन, नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लब अफ विराटनगरले धनपालथान गाउँपालिका–३ सोराभागमा आयोजना गरेको बृहत् स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका बेथिति अन्त्य गरी आम नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न राज्यले लगानी बढाउनुपर्नेमा जोड दिएका थिए ।

उनले अन्तरराष्ट्रिय अभ्यास अनुसार नागरिकको लगानीमा बिमामार्फत नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाउने स्थिति बनाउनुपर्छ भनेका छन् । स्वास्थ्य मन्त्रालयले आगामी बजेटमा सम्पूर्ण सङ्गठित क्षेत्रलाई बिमामा जोड्ने प्रस्ताव गरेको जानकारी दिए ।     
    
वैदेशिक रोजगारीमा गएकाले श्रम गर्ने देशबाट नै सम्पूर्ण स्वास्थ्य उपचार पाउनुपर्ने, स्वास्थ्य कर र राज्यले दिएका सुविधा बिमामा जोडनु पर्ने प्रस्ताव पेस गरेको बताए । प्रदेशसभा सदस्यत्रय अमृत अर्याल, डोल्मा तामाङ र गयानन्द मण्डलले धनपालथान गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पतालका लागि सहयोग गर्न आग्रह गरेका थिए ।   



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट