Techie IT
२०८३ भाद्र ३१, बुधबार

आज सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?


नेपाली बजारमा सुनको मूल्यमा पुनः उच्च वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला ९०० रुपैयाँले घटेको सुनको मूल्य बुधबार एकैदिन १ हजार ७०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बढेर प्रतितोला ३ लाख १ हजार ८०० रुपैयाँ कायम भएको छ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि तीव्र वृद्धि देखिएको छ। अघिल्लो दिन तोलामा २० रुपैयाँले घटेको चाँदीको मूल्य बुधबार तोलामा ८६ रुपैयाँले बढेर ४ हजार ६८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट