Techie IT
२०८३ भाद्र २९, सोमबार

डडेलधुरा मेडिकल कलेजमा विभिन्न पदका लागि जागिरको अवसर


सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान सङ्काय डीनको कार्यालय, डडेलधुराले डडेलधुरा मेडिकल कलेजका लागि विभिन्न शैक्षिक पदहरूमा करार सेवामा कर्मचारी तथा शिक्षक पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।

सङ्कायले सोमबार पहिलोपटक औपचारिक सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो।

माग गरिएका पद तथा विषयहरूको विवरण:
सह-प्राध्यापक: फार्माकोलोजि, माइक्रोबायोलोजि र फिजियोलोजि विषयमा १/१ जना।
उपप्राध्यापक: माइक्रोबायोलोजि, बायोकेमेस्ट्रि, एनाटोमि र पब्लिक हेल्थ विषयमा १/१ जना।
प्रशिक्षक: नर्सिङ साइन्स र ल्याबोरेटरी विषयमा १/१ जना।

आवेदन दिने अन्तिम मिति: २०८३ असोज १२ गते कार्यालय समयभित्र।
आवेदन बुझाउने तरिका: स्वयं कार्यालयमा उपस्थित भएर वा अनलाइनमार्फत (सङ्कायमा आइपुग्ने गरी)।
फाराम प्राप्त गर्ने स्थान: सङ्कायको आधिकारिक वेबसाइट (medicine.fwu.edu.np) बाट डाउनलोड गर्न सकिनेछ।
दरखास्त दस्तुर: १,५०० रुपैयाँ।

बैंक खाता विवरण: सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्काय डीन कार्यालय, डडेलधुराको नाममा रहेको नबिल बैंकको चालू खाता नं. २६८०१०१७५०००७८ मा जम्मा गरी भौचर पेस गर्नुपर्नेछ।

आवश्यक कागजातहरू: प्रवेशिका (SLC/SEE) देखि माथिका सबै शैक्षिक योग्यताका प्रमाणपत्र, हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति, नेपाली नागरिकताको प्रमाणपत्र र व्यक्तिगत विवरण (बायोडाटा) २ प्रति।

सम्पर्क मिति असोज १५ गते तोकिएको छ भने लिखित परीक्षाको मिति पछि प्रकाशित गरिनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट