कपाल झर्न थाल्यो ? दही र फ्ल्याक्स सिडले दिन सक्छ चमत्कारी फाइदा

कपाल झर्ने समस्या आजकाल धेरैलाई सताउने समस्यामध्ये एक हो । मौसम परिवर्तन, कडा पानी, रासायनिक उत्पादनहरूको अत्यधिक प्रयोग वा कपालको उचित हेरचाह नहुँदा कपाल झर्न थाल्छ । तर विशेषज्ञहरूका अनुसार कपाल झर्नुको मुख्य कारण शरीरमा पोषक तत्वको अभाव पनि हो ।
डाइटिशियनहरू भन्छन्, यदि तपाईंको कपाल झर्नुको कारण पोषणको कमी हो भने दही र केही विशेष बीउको प्रयोगबाट यो समस्याबाट मुक्ति पाउन सकिन्छ । नियमित रुपमा दहीमा फ्ल्याक्स सिड (आलसको दाना) को पाउडर मिसाएर सेवन गरे कपाल झर्ने समस्या कम हुन्छ र कपाल पुनः बढ्न थाल्छ ।
दही र कागतीको दाना: पोषणयुक्त संयोजन
डाइटिशियनहरूको सल्लाह अनुसार दिउँसोको खानामा गाईको दूधबाट बनेको ताजा दहीमा एक चम्चा फ्ल्याक्स सिडको पिसेको धुलो र भुटेर पिसिएको कागतीको दाना मिसाएर सेवन गर्नुपर्छ । यी दुवै तत्वमा पाइने ओमेगा–३ फ्याटी एसिड र अन्य सूक्ष्म पोषकहरू कपालका जरालाई सशक्त बनाउने काम गर्छन् ।
फ्ल्याक्स सिडमा पाइने ओमेगा–३ ले कपाल झर्नबाट जोगाउँछ भने दहीमा रहेको प्रोबायोटिक्सले बोसोमा घुलनशील भिटामिनहरू अवशोषण गर्न सहयोग गर्छ । यसले गर्दा कपाललाई जरैदेखि पोषण पुग्छ ।
फ्ल्याक्स सिड जेल: बाह्य प्रयोगका लागि असरदार विकल्प
कपाललाई भित्रबाट मात्र होइन, बाहिरबाट पनि पोषण दिन सकिन्छ । त्यसका लागि फ्ल्याक्स सिडको जेल बनाउने उपाय प्रभावकारी ठहरिएको छ ।
यसका लागि केही फ्ल्याक्स सिड पानीमा उमालेर जेल तयार गर्नुपर्छ । पकाउँदा जेल निस्केपछि त्यसलाई चिसो पारेर कपडाले छानेर संकलन गर्न सकिन्छ । यो जेललाई हेयर मास्कको रुपमा प्रयोग गर्दा कपाल नरम, चम्किलो र बाक्लो देखिन थाल्छ ।
दहीमा फ्ल्याक्स सिडको जेल मिसाएर बनाएको हेयर मास्कलाई ३०–४५ मिनेट टाउकोमा राखेर धुने गर्दा कपालको गुणस्तरमा उल्लेखनीय सुधार देखिन्छ ।
तपाईको प्रतिक्रिया दिनुहोस