Techie IT
२०८२ जेष्ठ २०, मंगलबार

२ दिन भित्रमा २१ जना कोरोना संक्रमितको मृत्यु


भारतमा २ दिन भित्रमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  सबैभन्दा बढी महाराष्ट्र र केरलामा ७–७ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

साथै, कोरोनाका सक्रिय केसहरूको संख्या हवात्तै बढेर ३७८३ पुगेको छ भने सबैभन्दै बढी संक्रमितहरूको संख्या केरलामा रहेको छ, जहाँ १४०० संक्रमित मामिलाहरू उल्लेख गरिएको छ । स्वास्थ्य विभागको वेबसाइटका अनुसार २२ मे मा देशमा २५७ केसहरू मात्रै थिए तर यो बिचका ९ दिनमा १४ गुणाले कोरोनाका केसहरू बढेका हुन्।

गत मे ३१ मा बेङ्गलुरुमा ६३ वर्षीय प्रौढको कोरोना कारण मृत्यु भएका थियो । तर, उनले दुवै खोपसँगै  बुस्टर डोज पनि लगाएका थिए तर  पनि उनको ज्यान गुमाउनु परेको थियो । भारत सरकारले मानिसहरूलाई भीडभाड हुने ठाउँमा मास्क लगाउन, शारीरिक दूरी कायम गर्न र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ। 

ज्वरो, खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो भएमा तुरुन्तै नजिकको अस्पतालमा गएर परीक्षण गराउन भनिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट