Techie IT
२०८३ वैशाख २२, मंगलबार

विदेशमा मृत्यु हुने नेपालीको संख्या बढ्दो


सांकेतिक

वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने नेपालीहरूको संख्या निरन्तर बढ्दै गएको छ। धन कमाएर परिवारलाई सुखमा राख्ने सपना बोकेर विदेश जाने धेरै नेपालीहरू बाकसमा फर्किन बाध्य हुने अवस्थाले चिन्ता बढाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार साउन महिनामात्रै १७४ जना नेपालीको शव नेपाल ल्याइएको छ। यसको अर्थ, हरेक दिन सरदरमा ४ देखि ५ जना नेपालीको शव नेपाल भित्रिन्छ। मृतकमध्ये धेरैजना कुवेत, मलेसिया, साउदी अरेबिया, दक्षिण कोरिया र कतारलगायत मुलुकमा कार्यरत थिए।

वैदेशिक रोजगार बोर्डका तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै वैदेशिक रोजगारीमा गएका १,२५५ जनाको मृत्यु भएको छ। यो संख्या श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका र मृत्यु पश्चात् बोर्डबाट आर्थिक सहायता प्राप्त गरेका परिवारको तथ्यांकमा आधारित हो।

तर, प्रहरीको मुचुल्का र परिवारलाई बुझाइएको तथ्यांक अनुसार सोही वर्ष १,४०१ नेपालीले वैदेशिक भूमिमा ज्यान गुमाए। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने मृत्यु हुनेको संख्या १,४५५ पुगेको थियो।

विशेषज्ञहरूले निरन्तर बढ्दो मृत्यु दरलाई वैदेशिक रोजगारीमा देखिने जोखिम, स्वास्थ्य समस्या, कार्यस्थलमा हुने दुर्घटना र मानसिक तनावसँग जोड्ने गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट