Techie IT
२०८३ असोज २६, सोमबार

सुन र चाँदी दुवैको मूल्य घट्यो


 नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४ हजार ४१५ रुपैयाँ कायम भएको छ, जुन आइतबार प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट