Techie IT
२०८२ माघ २०, मंगलबार

राष्ट्रपति पौडेललाई जापानमा गार्ड अफ अनर


राष्ट्रपति रामचन्द्र पौडेललाई मंगलबार जापान सरकारका तर्फबाट ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। चारदिने औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेललाई सम्मानस्वरूप उक्त गार्ड अफ अनर प्रदान गरिएको हो।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा टोकियोमा आयोजित विशेष समारोहमा सहभागी हुन सोमबार जापान प्रस्थान गरेका थिए।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानका सम्राट नारुहितो तथा प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग आजै शिष्टाचार भेट गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट