Techie IT
२०८३ भाद्र ३, बुधबार

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी


साउदी अरब सरकारले पवित्र रमजान (१४४७ हिजरी) को अवसरमा ३३ जना नेपाली कैदीबन्दीलाई शाही आममाफी प्रदान गरेको छ। नेपाल सरकारले साउदी सरकारको यस उदार कदमको उच्च प्रशंसा गर्दै कृतज्ञता व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै साउदीको यो निर्णयलाई नेपाल र साउदी अरबबीचको दीर्घकालीन मित्रता, सद्भाव र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको बलियो प्रतिबिम्बका रूपमा मूल्याङ्कन गरेको छ।

रियादस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी नरेशले यो आममाफी दिएका हुन्। आममाफी पाएका नेपालीहरू त्यहाँको आवश्यक कानुनी प्रक्रिया पूरा गरेलगत्तै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट