Techie IT
२०८२ असार २५, बुधबार

नेपाली जनप्रगतिशिल मञ्च नर्वेको अध्यक्षमा डिलाराम चापागाईँ


नेपाली जनप्रगतिशिल मञ्च नर्वेको अध्यक्षमा डिलाराम चापागाईँ निर्वाचित भएका छन् । मङ्गलबार राजधानी ओस्लोमा सम्पन्न पाँचौ अधिवेशनबाट उपाध्यक्षमा सुभाष पुन र लक्ष्मण अर्याल, सचिवमा अमृत परियार र कोषाध्यक्षमा डा. सञ्जय अर्याल चयन भएका हुन् ।

कार्यसमिति सदस्यहरूमा सुमन लामा, मिना पाण्डे तिमल्सिना, महेन्द्र थापा, अमरराज पन्त, सुभाष तिमल्सिना र सुरेन्द्र केसी चयन हुनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पश्चिम अन्तर महादेशिय प्रदेश संयोजक उदयराज गौतमले गैरआवासीय नेपालीहरूको मुद्दाका विषयमा सबै प्रवासी नेपाली एकताबद्व भएर अघि बढ्नुपर्ने बताए ।

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद नर्वेका अध्यक्ष विष्णु गौतमले नागरिकता सम्बन्धी ऐनमा संविधानले प्रदत्त गरेका हक अधिकार सुनिश्चतता हुनुुपर्नेमा जोड दिएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट