Techie IT
२०८३ असोज १८, आइतबार

जनमत पार्टीको अध्यक्षमा डा. सिके राउत सर्वसम्मत


जनमत पार्टीको अध्यक्षमा डा. सिके राउत पुनः चयन भएका छन्। हालै सम्पन्न महाधिवेशनअन्तर्गत भएको मतदानको मतपरिणामअनुसार अध्यक्षमा डा. राउत र महासचिवमा सञ्जय यादव निर्वाचित भएका हुन्। 

अध्यक्ष पदमा डा. राउतको मात्र एकल उम्मेदवारी परे पनि पार्टीको विधानमा कुल मतको २० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने प्रावधान रहेकोले सोही अनुसार मतदान गराइएको थियो । डा. राउतले आवश्यकभन्दा धेरै मत प्राप्त गरेका थिए । यद्यपि, निर्वाचन समितिले आधिकारिक मतपरिणाम सार्वजनिक नगरेकाले उनले प्राप्त गरेको यकिन मत संख्या भने खुल्न सकेको छैन।

त्यस्तै, तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै सिरहाका सञ्जयकुमार यादव पार्टीको महासचिव पदमा निर्वाचित भएका छन्। महासचिव पदका लागि ममता झा र पूर्वमहासचिव चन्दनकुमार सिंहले पनि उम्मेदवारी दिएका थिए। 

नवनिर्वाचित महासचिव यादव मधेश प्रदेशका प्रदेशसभा सदस्य हुन् भने उनी यसअघि दुई पटक मन्त्रीसमेत भइसकेका छन्। कुल ११ सय ५५ प्रतिनिधिले मतदान गरेको यस महाधिवेशनमा सात उपाध्यक्षका लागि १४, एक उपमहासचिवका लागि २ र सात सचिवका लागि १० जना उम्मेदवार प्रतिस्पर्धामा छन्। अन्य पदहरूको मतगणना र परिणाम आउने क्रम जारी छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट