Techie IT
२०८२ मंसिर २६, शुक्रबार

नेपाल प्रहरीको इन्स्पेक्टर र असई पदमा नयाँ भर्ना खुल्यो


नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना खुला गरेको छ। शुक्रबार जारी सूचनामार्फत प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टरका लागि २१ जना र असईका लागि ४३८ जनाका दरखास्त आह्वान गरेको हो।

सूचना अनुसार इन्स्पेक्टरतर्फ पुस ६ गतेदेखि माघ ५ गतेसम्म र असईतर्फ पुस ९ गतेदेखि माघ ८ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिनेछ।

दरखास्त शुल्क
इन्स्पेक्टर: दरखास्त दस्तुर १,२०० रुपैयाँ, समावेशी समूहका हकमा प्रत्येक अतिरिक्त समूहका लागि थप २४० रुपैयाँ।
असई: दरखास्त शुल्क ५०० रुपैयाँ, अतिरिक्त समावेशी समूहका लागि प्रति समूह थप १०० रुपैयाँ।
उमेर सीमा
इन्स्पेक्टर: अन्तिम मितिसम्म २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने।
असई: १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने।

शैक्षिक योग्यता
इन्स्पेक्टर: न्यूनतम स्नातक तह वा सो सरह उत्तीर्ण।
असई: प्रमाणपत्र तह (१२ कक्षा) वा सो सरह उत्तीर्ण।
दरखास्त फाराम नेपाल प्रहरीको अनलाइन प्रणालीमार्फत भर्न सकिने सूचनामा उल्लेख छ।

थप जानकारीका लागि 
https://www.nepalpolice.gov.np/career/vacancy/ 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट