Techie IT
२०८२ चैत्र ३, मंगलबार

नेपाल टेलिकममा तेस्रोदेखि नवौँ तहसम्म कर्मचारी माग, फागुन ७ गतेसम्म फर्म भर्न सकिने


नेपाल टेलिकमले विभिन्न तहका पदमा कर्मचारी माग गर्दै रोजगारीको अवसर खुला गरेको छ।

शुक्रबार जारी सूचनाअनुसार टेलिकमले तेस्रो तहदेखि नवौँ तहसम्मका लागि आवेदन आह्वान गरेको हो। उपप्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ प्रशासनिक अधिकृत, वरिष्ठ लेखा अधिकृत, टेलिकम इन्जिनियर, ओभरसियर तथा सहायकलगायतका पदमा कर्मचारी माग गरिएको छ।

परीक्षा दस्तुर ८ र ९ तहका लागि ८ सय रुपैयाँ, ६ र ७ तहका लागि ७ सय रुपैयाँ, ४ र ५ तहका लागि ५ सय रुपैयाँ तथा ३ तहका लागि ३ सय रुपैयाँ तोकिएको छ। समावेशी समूहअन्तर्गत आवेदन दिने उम्मेदवारका लागि ६, ७, ८ र ९ तहमा २ सय रुपैयाँ र ३, ४ तथा ५ तहमा १ सय रुपैयाँ दस्तुर लाग्नेछ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले फागुन ७ गतेसम्म आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म पनि आवेदन दिन सकिने टेलिकमले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट