असई र कार्यालय सहयोगीका लागि ठूलो संख्यामा नयाँ भर्ना आह्वान
नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक (असई) र कार्यालय सहयोगीका विभिन्न पदमा नयाँ भर्ना आह्वान गरेको छ।
प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको सूचनाअनुसार जनपद प्रहरीतर्फ प्रहरी सहायक निरीक्षक (असई) का लागि २११ पदमा दरखास्त माग गरिएको छ। खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने यस विज्ञापनमा खुलातर्फ ११४ जना र बाँकी पदहरू विभिन्न समावेशी समूहतर्फ छुट्याइएको छ।
भर्नासम्बन्धी मुख्य विवरणहरू:
योग्यता र उमेर हद: असई पदका लागि उमेर हद २५ वर्ष तोकिएको छ।
आवेदन मिति: असोज १२ गतेदेखि कात्तिक ७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।
आवेदन दिने स्थान: इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले नेपाल प्रहरीको आधिकारिक वेबसाइट www.nepalpolice.gov.np मार्फत अनलाइन दरखास्त दिन सक्नेछन्।
यसैगरी, प्रहरीले कार्यालय सहयोगीका विभिन्न श्रेणीतर्फ थप १२३ पदमा पनि आवेदन खुलाएको छ। सार्वजनिक विवरण अनुसार कार्यालय सहयोगीअन्तर्गत भान्से पदमा ८३ जना, हजाम पदमा १५ जना र कुचीकार पदमा २५ जनाका लागि कर्मचारी माग गरिएको छ।





तपाईको प्रतिक्रिया दिनुहोस