Techie IT
२०८२ मंसिर २१, आइतबार

कर्णाली प्रदेशसभा ऐन संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित


कर्णाली प्रदेशसभाबाट स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनको आज बसेको ३१औँ बैठकबाट विधेयक सर्वसम्मतले पारित भएको हो । सभामुख नन्दा गुरुङले मुख्यमन्त्री यामलाल कँडेललाई कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १३० बमोजिम पारित गरियोस् भनी सभामा प्रस्ताव गर्न समय दिएका थिए ।

मुख्यमन्त्री कँडेलले पारितका लागि सभामा प्रस्ताव गरेसँगै उक्त स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको थियो । सभामुख गुरुङले सभाको अर्को बैठक आगामी साउन १५ गते दिउँसो ३ बजे हुने जानकारी गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट