नेपाली कांग्रेसको दलित सहमहामन्त्रीमा भारी मतान्तरले रसाइली विजयी
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली 'स्नेही' निर्वाचित भएका छन्।
निर्वाचन समितिका अनुसार कुल ६ हजार ७३७ मत सदर भएकोमा स्नेहीले ४ हजार ८२१ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।
सहमहामन्त्रीका अन्य दुई उम्मेदवारमध्ये मानबहादुर नेपालीले १ हजार १२१ मत र नरेन्द्र पासवानले ७९६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस