Techie IT
२०८२ फागुन १०, आइतबार

कनकाईमा झोलाभित्र शङ्कास्पद वस्तु फेला, सुरक्षा सतर्कता बढाइयो


कनकाई नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान झोलाभित्र शङ्कास्पद वस्तु फेला परेको छ।

कनकाई पुलको पूर्वतर्फ राजमार्गको छेउमा फेला परेको उक्त झोलाभित्र प्रेसर कुकर राखिएको र झोलाबाट तारजस्तो वस्तु बाहिर निकालिएको अवस्थामा देखिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। उनका अनुसार शङ्कास्पद वस्तु के हो भन्ने यकिन भइनसकेको र सुरक्षा निकायले पहिचान तथा डिस्पोज गर्ने तयारी गरिरहेको छ।

स्थानीयवासीले शङ्कास्पद वस्तु देखेपछि तत्काल सुरक्षा निकायलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले घटनास्थललाई शिलबन्दी गरेको छ। हाल राजमार्गको अर्को छेउबाट सवारीसाधन तथा यात्रुहरूको आवागमन सुरक्षित रूपमा सञ्चालन भइरहेको प्रजिअ गेलालले बताए।

घटनास्थलमा प्रहरीको टोली परिचालन गरिएको छ भने शङ्कास्पद वस्तुको सुरक्षित डिस्पोजका लागि नेपाली सेनाको डिस्पोजल टोलीलाई समेत खबर गरिसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
सुरक्षा निकायले वस्तुको प्रकृति पहिचान नभएसम्म सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट