Techie IT
२०८३ असार २३, मंगलबार

धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर कामदारको मृत्यु


सांकेतिक

झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर एक कामदारको मृत्यु भएको छ।

न्यू इन्फ्रा हेवन कम्पनी लिमिटेडले निर्माण गरिरहेको पाँचतारे इस्टर्न होटलको चौथो तलाबाट खस्दा सप्तरीको खडक नगरपालिका–१ सिसुवाबेल्ही घर भएका २१ वर्षीय कामदार नरेशकुमार मण्डल गम्भीर घाइते भएका थिए। उनी आज साँझ करिब ६ः३० बजे दुर्घटनामा परेका थिए।

गम्भीर घाइते मण्डललाई तत्काल उपचारका लागि मेची आम्दा अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा साँझ ७ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

प्रहरीका अनुसार निर्माणाधीन भवनमा फलामको पाइप सार्ने क्रममा मण्डल चौथो तलाबाट अचानक भुइँतलामा खसेका थिए। दुर्घटनामा उनको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको जनाइएको छ।

मृतकको शव हाल मेची आम्दा अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट