Techie IT
२०८३ भाद्र २६, शुक्रबार

मोरङ–६ मा डा. शेखर कोइराला दोस्रो स्थानमा, रास्वपाको अग्रता कायमै


कोशी प्रदेश अन्तर्गत मोरङ निर्वाचन क्षेत्र–६ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुबिना आचार्यले अग्रता कायम गरेकी छन्।

हालसम्मको मतपरिणामअनुसार आचार्यले ४,६७९ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले ९८६ मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपा (एमाले) का उम्मेदवार विनोद प्रसाद ढकालले ९१० मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन निरौलाले १९८ मत प्राप्त गरेका छन्।

यसैगरी नेपाल कम्युनिस्ट पार्टीका ओपेन्द्र कुमार रायले १३५ मत पाएका छन्। प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी आचार्यले अन्य उम्मेदवारलाई उल्लेख्य अन्तरले पछि पार्दै अग्रता बनाएकी हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट