Techie IT
२०८३ भाद्र १, सोमबार

जिल्ला कारागार मोरङमा सुरक्षाकर्मीद्वारा खानतलासी, कैदीबन्दीहरू आन्दोलित


जिल्ला कारागार मोरङमा सोमबार बिहानैदेखि खानतलासी सुरु भएपछि कैदीबन्दीहरूले प्रदर्शन सुरु गरेका छन्। कैदीबन्दीहरू सुतिरहेकै बेला बिहान साढे चार बजेदेखि कारागारको ‘बी’ ब्लकमा खानतलासी सुरु गरिएको हो।

कारागारभित्रै लागुऔषधलगायतका अवैध वस्तुहरू राख्ने गरिएको विशेष सूचनाका आधारमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी खानतलासी गरिएको हो। कारागारभित्र कैदीबन्दी बस्ने स्थानमा खानतलासी गर्न मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू बिहान ४:३० बजे नै कारागार पुगेका थिए।

प्रहरी उपरीक्षक (एसपी) कटवालले खानतलासी नियमित प्रक्रिया भएको बताएका छन्। “कारागारमा बेला–बेला खानतलासी र सर्च अप्रेसन गर्ने गरिएको छ। अहिले त्यसैलाई निरन्तरता दिइएको हो, यो नियमित प्रक्रिया हो,” उनले भने।

कारागारमा खानतलासी सुरु भएलगत्तै ‘बी’ ब्लकका कैदीबन्दीहरू आन्दोलित भएका छन्। खानतलासीसँगै कैदीबन्दीहरूको अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको आशङ्का गरेपछि उनीहरू त्यसको विरोधमा प्रदर्शन तथा नाराबाजीमा उत्रिएका हुन्। विरोधका क्रममा उनीहरूले कारागारभित्रै आगो बालेर प्रदर्शनसमेत गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट