Techie IT
२०८२ मंसिर ७, आइतबार

एक वर्षमा पाँच सय ३४ फरार प्रतिवादी पक्राउ


आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी इकाइहरूले विभिन्न अदालतबाट फैसला भई फरार रहेका ५३४ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ४६३ जना पुरुष, ७० जना महिला र एक जना यौनिक अल्पसङ्ख्यक रहेका छन् ।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले फरार प्रतिवादीहरूलाई जिल्ला अदालत झापामा उपस्थित गराई, अदालतको आदेशअनुसार कैद बाँकी रहेका व्यक्तिहरूलाई कारागार पठाइएको र जरिवाना मात्र बाँकी रहेका व्यक्तिबाट जरिवाना असुल गरी छाडिएको बताउनुभयो । उहाँका अनुसार पक्राउ परेकाहरूबाट २४८ वर्ष १० महिना १४ दिन कैद र रु सात करोड २७ लाख २४ हजार ८२१ बराबरको जरिवाना असुल गरिएको छ ।

पक्राउ परेका चर्चित फरार प्रतिवादीहरूमा भद्रपुर–८ का ४८ वर्षीय खेमराज पोखरेल रहेका छन्, उनलाई सर्वोच्च अदालतले जबर्जस्ती करणी तथा हाडनाता करणी मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय सुनाएको थियो । यस्तै, मेचिनगर–७ का ३२ वर्षीय प्रदीप राईलाई उच्च अदालत विराटनगर, इलाम इजलासले जबर्जस्ती करणी र चोरी मुद्दामा दोषी ठहर गरी २०७२ सालमा १० वर्ष कैद हुने फैसला गरेको थियो ।

यसैगरी, पक्राउ पर्ने बिर्तामोड–८ का ३० वर्षीय अमिरलगुन विश्वकर्मालाई उच्च अदालत पाटनले राजस्व चुहावट मुद्दामा एक वर्ष दुई महिना १५ दिन कैद र रु दुई करोड ८४ लाख ५८ हजार ६०५ जरिवाना हुने फैसला गरेको थियो । फैसला कार्यान्वयन अभियानलाई थप सशक्त र प्रभावकारी बनाउने योजना अघि सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट