Techie IT
२०८२ श्रावण १४, बुधबार

‘विद्यार्थी हौं’ भनेर डेरा लिएका दिदीबहिनी झुण्डिएको अवस्थामा फेला


भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडे सिन्टीटारमा बिहीबार बिहान दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार, बिहान करिब पौने ७ बजेतिर स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

मृत फेला पर्नेमा सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भई भक्तपुरमा डेरा गरी बस्दै आएका १७ वर्षीया मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी सिर्जना कँडेल रहेका छन्। उनीहरू डेरा लिएको घरको भुइँ तलामा एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, मेनुका र सिर्जना भारतको मुम्बईमा आमा–बुवासँगै बस्दै आएका थिए । उनीहरू केही समयदेखि मुम्बईमै कम्प्युटर तालिम लिइरहेका थिए। करिब १५–२० दिनअघि दुवै जना बिना जानकारी घरबाट बेपत्ता भएपछि परिवारले भारतीय प्रहरीले खोजी गरेपनि अन्तिम मोबाइल लोकेशन गोरखपुरमा देखिएको थियो।

त्यसपछि उनीहरू नेपाल आइपुगेका थिए र भक्तपुरको बोडेमा ‘विद्यार्थी हौं’ भन्दै एक निजी घरमा डेरा लिएका थिए । डेरामा बस्ने क्रममा उनीहरूले बुबा नेपालमै होटलमा काम गरिरहेको बताएका थिए । तर, उनीहरूको परिवारले यस्तो जानकारी नरहेको जनाएको छ ।

घटनापछि एक जना आफन्त प्रहरी सम्पर्कमा आएकी छन् भने बुबा पनि भारतबाट नेपाल आउँदैछन् । प्रहरीले घटनास्थलबाट मोबाइल बरामद गरेको छ, जसमा गए राति करिब २ बजेतिर बनाइएको टिकटक भिडियो भेटिएको जनाइएको छ । भिडियोमा डोरीसमेत देखाइएको प्रहरीको भनाइ छ । यद्यपि, घटनास्थलमा कुनै सुसाइड नोट भने फेला परेको छैन।

हाल शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ भने घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट