प्रहरीका यी ३५ जना अधिकृतहरूको पदोन्नति
प्रहरी महानिरीक्षक दिपक थापाले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा पदोन्नति भएका ३५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सम्मानित गरेका छन् ।
नेपाल सरकार गृह मन्त्रालयको साउन २१, २०८२ को निर्णय अनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा ११ जना, प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा ११ जना र प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा १३ जना गरी जम्मा ३५ जनाको पदोन्नति भएको थियो।
दर्ज्यानी चिन्हद्वारा सम्मानित प्रहरी वरिष्ठ उपरीक्षकहरूमा तुल बहादुर कार्की, राकेश सिंह, राजिब बहादुर बस्नेत, कमल थापा, प्रबिण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र प्रसाद फुयाल, दिपक पोखरेल, दयानिधि ज्ञवाली, दिपेन्द्र शाही र केदार खनाल रहेका छन्।
प्रहरी उपरीक्षकहरूको सूचीमा अनिल कुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिल बहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का रहेका छन्।
प्रहरी नायव उपरीक्षकहरूमा बसन्त गौतम, पञ्चलाल गोले, होम प्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाई, चन्द्र बहादुर खड्का, होम प्रसाद अधिकारी र उपेन्द्र खरेल रहेका छन्।
समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक थापाले पदोन्नति प्राप्त प्रहरी अधिकृतहरूलाई बधाई दिँदै संगठनको हितमा जिम्मेवार र कटिबद्ध भएर कार्यसम्पादन गर्न निर्देशन दिएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस