Techie IT
२०८३ जेष्ठ १०, आइतबार

पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ


वैदेशिक रोजगारीको प्रलोभन देखाएर पोर्चुगल र हंगेरी पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुर, सूर्यविनायक नगरपालिका–३ बसोबास गर्दै आएका बारा, निजगढ नगरपालिका–१२ निवासी ४१ वर्षीय राम बहादुर थिङ र भक्तपुर, मध्यपुर थिमी नगरपालिका–३ बस्ने रामेछाप नगरपालिका–३ निवासी ३७ वर्षीय चन्द्र बहादुर सुवेदी रहेका छन्।

राम बहादुरले पोर्चुगल पठाइदिने भन्दै ६ जना पीडितबाट २९ लाख रुपैयाँ लिएको तथा चन्द्र बहादुरले हंगेरी पठाइदिने भन्दै एकजनाबाट २ लाख ५० हजार रुपैयाँ असुलेर सम्पर्कबिहीन भएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

उक्त उजुरीको आधारमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले राम बहादुरलाई मंगलबार र चन्द्र बहादुरलाई बुधबार भक्तपुरको मध्यपुर थिमी क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट