Techie IT
२०८२ असोज ३०, बिहीबार

जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ


देशका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा २० जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–१६, नागरिक बजारस्थित 'मामाभान्जा होटल' मा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो। धादिङ गंगाजमुना गाउँपालिका–६ घर भई हाल काठमाडौं खरिबोट बस्ने ३१ वर्षीय राजु न्यौपानेसहितको समूहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। रानीवन प्रहरी बिटबाट खटिएको टोलीले उनीहरूबाट नगद ५६ हजार १ सय ३५ रुपैयाँ र एक बुक तास बरामद गरेको छ।

त्यसैगरी, काठमाडौं माछापोखरीस्थित विजय थापाको घरमा जुवा खेलिरहेको अवस्थामा झापा, भद्रपुर नगरपालिका–१ घर भई हाल माछापोखरीमा बस्ने ५२ वर्षीया लक्ष्मी तामाङसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूबाट १६ हजार ३ सय रुपैयाँ र तीन बुक तास बरामद गरेको छ।

झापा बिर्तामोड नगरपालिका–५ स्थित गोपाल श्रेष्ठको चिया/नास्ता पसलमा जुवा खेलिरहेका ८ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम निवासी तिर्थराज तामाङसहितका व्यक्ति छन्। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनीहरूबाट १ लाख १४ हजार ५ सय ५५ रुपैयाँ नगद र १२ बुक तास बरामद गरेको छ।

प्रहरीले तीनै घटनासम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट