Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने व्यक्ति पक्राउ



नक्कली सुनलाई सक्कली सुन भनी ठगी गरेको अभियोगमा सोलुखुम्बु, दुधकुण्ड नगरपालिका–१ टाक्सिण्डो बस्ने ३३ वर्षीय लाक्पा शेर्पा शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–२६, गोंगबुस्थित क्वालिटी क्याफेमा अवैध सुनको खरीद–बिक्री भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई सुनजस्तो देखिने धातु एक किलोसहित नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त धातु वास्तविक सुन नभएको र लाक्पाले यसलाई सक्कली भनी देखाएर विभिन्न व्यक्तिलाई ठगी गर्दै आएको तथ्य खुलेको प्रहरीले जनाएको छ।

हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट