काठमाडौंमा किरियापुत्री भवन बनाउने आईजीपी खापुङको पहिलो निर्णय
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) कुवेरचन्द्र खापुङले नेपाल प्रहरीका बहालवाला तथा अवकाशप्राप्त कर्मचारीहरूको लागि ‘किरियापुत्री भवन’ निर्माण गर्ने निर्णय गरेका छन्।
उनले कार्यभार सम्हाले लगत्तै बसेको नीति निर्माण समिति (पीसीसी) बैठकले यस सम्बन्धमा निर्णय गरेको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।
घिमिरेका अनुसार, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको नाममा रहेको जग्गामा किरियापुत्री भवन बनाउने योजना रहेको छ।
साथै, उक्त योजना प्रदेशस्तरमा पनि विस्तार गर्ने निर्णय गरिएको उनले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस