Techie IT
२०८३ असोज २६, सोमबार

कांग्रेस महामन्त्रीमा पराजित भएपछि घिमिरेले भने: यो अन्त्य होइन, नयाँ सुरुवात हो


नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्यासी गुरुराज घिमिरेले चुनावी नतिजापछि पार्टी विधिसम्मत ढंगले चल्ने र आगामी दुवै तहका निर्वाचनमा सफल हुने विश्वास व्यक्त गरेका छन्। महामन्त्री पदमा पराजित भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले विजयी उम्मेदवारहरूलाई बधाई ज्ञापन गर्नुका साथै मतदाताहरूप्रति आभार प्रकट गरेका छन्।

प्राप्त १,५१३ मत आफ्नो लागि केवल सङ्ख्या मात्र नभई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राको ठूलो प्रेरणा भएको उनले उल्लेख गरेका छन्। घिमिरेले भनेका छन्, “पार्टी र देशसामु उपस्थित चुनौती सामना गर्न सक्ने आन्तरिक सामर्थ्य वृद्धि गर्न, साथीहरूबीच हार्दिकता र एकता अभिवृद्धि गर्न, मूल्याङ्कन पद्धति तथा निर्णय प्रक्रियालाई पारदर्शी बनाई पार्टीलाई विधिसम्मत चलाउन र आगामी दुवै तहका निर्वाचनमा विजय हासिल गर्न अभूतपूर्व सफलता मिल्नेछ भन्ने अपेक्षा र विश्वास गर्दछु।”

लोकतन्त्रमा हार-जितलाई स्वाभाविक प्रक्रियाका रूपमा लिँदै उनले आफू विचलित नभई नयाँ शिराबाट राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता जनाएका छन्। “अबको राजनीति फरक सोच, शैली र संस्कारसहित अघि बढ्नेछ जहाँ निष्ठा, विचार, संवाद, इमानदारी र पार्टी रूपान्तरण प्रमुख आधार हुनेछन्,” उनले लेखेका छन्, “यो अन्त्य होइन, नयाँ सुरुवात हो। यहाँहरूको विश्वासलाई शिरोपर गर्दै नेपाली कांग्रेसलाई थप गतिशील, लोकतान्त्रिक र जनउत्तरदायी बनाउने अभियानमा निरन्तर क्रियाशील रहनेछु।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट