Techie IT
२०८२ फागुन १, शुक्रबार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ


विदेशमा आकर्षक तलब दिने प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ बस्ने प्युठान नौबहिनी गाउँपालिका–१ घर भएका ३४ वर्षीय विशाल बुढा मगर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने झापा बुद्धशान्ति गाउँपालिका–२ घर भएका ३० वर्षीय निकेश ढुङ्गाना र ललितपुर महालक्ष्मी नगरपालिका–३ बस्ने महोत्तरी गौशाला नगरपालिका–९ घर भएका ४४ वर्षीय योगेन्द्र सिंह दनुवार रहेका छन्।

उनीहरूमध्ये विशालले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितबाट १५ लाख ३० हजार रुपैयाँ, निकेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४१ लाख रुपैयाँ र योगेन्द्रले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ३४ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो।

त्यसकै आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विशाललाई बिहीबार काठमाडौं चन्द्रागिरी नगरपालिका–१४ बाट, निकेशलाई ललितपुर महानगरपालिका–१५ बाट र योगेन्द्रलाई शुक्रबार काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान र कानूनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट