Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

नेपाल–चीन संयुक्त सैन्य अभ्यास आजदेखि


PHOTO / AFP

नेपाल र चीनबीच आजदेखि संयुक्त सैन्य अभ्यास सुरु हुँदैछ। नेपाली र चिनियाँ सेनाबीचको यो पाँचौं संस्करण हो र यसलाई ‘सगरमाथा मित्रता अभ्यास’ नाम दिइएको छ। अभ्यास १० दिनसम्म काठमाडौंमा सञ्चालन हुनेछ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार यसपटकको अभ्यासमा विपद व्यवस्थापन, मानवीय सहायता तथा अन्य विषयमा ज्ञानको आदानप्रदान गरिनेछ।

नेपालमा चीनसँगको संयुक्त सैन्य अभ्यास यो तेस्रोपटक आयोजना हुँदैछ। पहिलो अभ्यास २०७४ साल वैशाखमा नेपालमा, दोस्रो २०७५ साल चीनको छेन्दुमा र तेस्रो २०७६ साल नेपालमा भएको थियो। त्यसपछि कोभिड महामारीका कारण अभ्यास रोकिएको थियो।

नेपाली सेनाले यसअघि भारत, अमेरिका लगायतका देशहरूसँग पनि संयुक्त सैन्य अभ्यास गर्दै आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट