Techie IT
२०८२ माघ २९, बिहीबार

आजसम्म नफर्के फरार कैदीबन्दीमाथि थप सजाय हुने, देशभर ६ हजार कैदीबन्दी कारागारबाहिर


जेल आन्दोलन (जेनजी आन्दोलन) का क्रममा २४ भदौमा कारागारबाट फरार भएका कैदीबन्दीलाई आजसम्म फर्किने अन्तिम म्याद कारागार प्रशासनले दिएको छ। तोकिएको म्यादभित्र नफर्कनेहरूलाई कारागार नियमावलीअनुसार थप सजाय गरिने भएको छ।

गत १० असोजमा बसेको गृह मन्त्रालयको बैठकले २० असोजभित्र कारागार फर्किने कैदीबन्दीलाई थप सजाय नहुने निर्णय गरेको थियो। तर अहिलेसम्म करिब ६ हजार कैदीबन्दी कारागारबाहिर नै छन्। २४ भदौमा करिब १३ हजार कैदीबन्दी कारागारबाट भागेका थिए। भागेकामध्ये आधा फर्किए पनि बाँकी आधा अझै फरार अवस्थामा छन्।

कारागार व्यवस्था विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार सोमबारसम्म कारागार नफर्कने कैदीबन्दीमाथि कारागार ऐन, २०७९ अनुसार कारबाही गरिनेछ। सो ऐनअनुसार कारागारबाट भाग्ने कसुरमा ५० प्रतिशतसम्म थप सजाय हुने प्रावधान छ।

फरार कैदीबन्दीको खोजीका लागि हरेक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरिएको छ। खोजतलास र निगरानीलाई सघन बनाउन गृह मन्त्रालयले कार्यदललाई निर्देशन दिएको छ।

त्यसैगरी, फरार कैदीबन्दीलाई लुकाउने वा सहयोग गर्ने व्यक्तिमाथि पनि कानूनी कारबाही गरिने विभागले चेतावनी दिएको छ। साथै, कारागारबाट भागेका बन्दीहरू कतै देखेमा नजिकको प्रहरी कार्यालयमा तत्काल जानकारी गराउन नागरिकलाई अनुरोध गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट