Techie IT
२०८२ असोज २२, बुधबार

बालेन र सुदन विरुद्धको जाहेरी उच्चस्तरीय आयोगमा पठाइने


काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र जेनजी अगुवा सुदन गुरुङ विरुद्धको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा पठाउने निर्णय गरिएको छ। प्रहरीका उच्च अधिकृत र गृह मन्त्रालयका अधिकारीहरूबीचको छलफलपछि यो निर्णय भएको गृहमन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् ।

नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले जिल्ला प्रहरी परिसर काठमाडौँमा दिएको जाहेरी भोली (बुधवार) गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाइनेछ। यसअघि, विद्यार्थी सङ्गठनले प्रहरीलाई २४ घण्टाभित्र जाहेरी दर्ता गर्ने वा नगर्ने जवाफ दिने भनेर जानकारी दिइएको दाबी गरेको थियो।

अखिलले जेनजी प्रदर्शनको क्रममा भदौ २३ र २४ मा भएको सार्वजनिक सम्पत्ति तोडफोड, युवा हत्या र जासुसी सम्बन्धी विषयमा बालेन शाह र सुदन गुरुङमाथि कारबाही गर्न माग गरेको छ। तर, काठमाडौँका एसएसपी रमेश थापाले अखिलले दिएको जाहेरी प्रहरीले लिएको छैन भन्दै यसको खण्डन गरेका छन्। 

यसअघि, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक विरुद्धको जाहेरी प्रहरीले आयोगमा पठाइसकेको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट