Techie IT
२०८३ जेष्ठ ६, बुधबार

साइबर ब्युरोमा एमाले नेता महेश बस्नेतसँग बयान लिइँदै


नेकपा एमाले नेता महेश बस्नेत

प्रहरीको साइबर ब्युरोले आज बुधबार एमाले नेता महेश बस्नेतसँग बयान लिइरहेको छ। प्रहरी स्रोतका अनुसार, एक महिलाले दिएको जाहेरीको आधारमा उनीसँग बयान लिइएको हो।

पहिले प्रहरीले जाहेरी पूर्णरूपमा दर्ता नभएको भन्दै बयान लिन मानेको थिएन। तर सरकारी वकिलको कार्यालयले अनुसन्धान गर्न पठाएपछि प्रक्रिया अघि बढेको हो।

प्रहरी स्रोतले बताएअनुसार, अनुसन्धान अधिकृतहरूले बोलाएपछि बस्नेत आज बुधबार बिहान १० बजे भोटाहिटीस्थित ब्युरोमा पुगेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट